रवि लामिछाने अझै ४ दिन प्रहरी हिरासतमै वस्ने, प्रहरीले दायर गरेन मुद्दा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न सातौं पटक म्याद थप भएको छ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न पाउने गरी अदालतले म्याद थपि दिएको हो।

सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो। जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो। वयानका लागि विरगञ्ज पनि लाने तयारी छ।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट