रवि लामिछानेप्रति किन उदार भए बाबुराम भट्टराई? हिरासतमै पुगे भेट्न
काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेप्रति उदारता देखाउँदै उनलाई भेट्न पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमै पुगेका छन्।
रास्वपा नेता दीपक बोहराका अनुसार कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न भट्टराई आज बिहान प्रहरी कार्यालय पुगेका हुन्। हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
वयानका लागि काठमाडौँ हुँदै चितवन पु¥याईएको लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की लगिएको हो। मध्यराती हिडाएर प्रहरीले मानवअधिकार हनन् गरेको भन्दै आलोचना भइरहेको छ।
प्रतिक्रिया