एक क्वाटर रक्सीको विवादमा दम्पत्तिको हत्या, डेढ महिनापछि पक्राउ परे मुख्य अभियुक्त

काठमाडौँ– कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीमा मदिरासहितको नास्ता पसल गर्ने बडायक दम्पतीको हत्यामा संलग्न मुख्य अभियुक्त लालझाडी– २ का ५० वर्षीय गंगाराम रानालाई प्रहरीले करिव डेढ महिनापछि पक्राउ गरेको छ।

गत ८ कात्तिकको राती ४६ वर्षीय रमेश (रामेश्वर बडायक) र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको हत्या भएको थियो। ९ कात्तिकको बिहान उनीहरुको शव पसलमै फेला परेको थियो। रमेश घरको आँगनमा मृत भेटिएका थिए भने कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन्। रमेशको टाउको र कमलाको टाउको तथा निधारमा हतियार प्रहार गरिएको चोट थियो।

घट्नास्थलको प्रकृतिका आधारमा बडायक दम्पतीको हत्या भएको निस्कर्षसहित प्रहरीले अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुशन्धानमै गंगाराम प्रहरीको निगरानीमा परेका थिए। घट्ना भएको राती उनी त्यहाँ गएको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा विहिबार पक्राउ परेका रानाले आफुले नै दुवैको हत्या गरेको स्वीकार गरेका छन्।

बडायक दम्पतीले आफूलाई गाली गरेपछि रिसको आवेशमा उनीहरुको हत्या गरेको रानाले बयानमा खुलाएका छन्। मदिरा माग्दा गाली गरेपछि पहिले रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेको र त्यसपछि उनकी श्रीमतीको पनि हत्या गरेको उनको बयान छ।

‘एक क्वाटर दिनोस भनेर बडायकको पसलमा पुगेको थिए। छैन भनेर तथानाम गर्दै ममाथि हातपात गरे’ उनले भनेका छन्, ‘तँलाई देखाउँछु भनेर हान्ने चिज खोज्दै थिएँ। त्यही बेला नजिकै काठको डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहोस बनाएर मारेँ।’

बडायकको हत्यापछि घरको बरन्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताएका छन्। सुरुमा श्रीमानलाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहीबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ।

आफू एक्लैले दुवैको हत्या गरेको बयान दिएका छन्। तर, उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट