धरानमा प्रतिबन्धित लागूऔषधसहित एकै दिन १० जना पक्राउ

इटहरी– सुनसरीका विभिन्न स्थानबाट प्रहरीले बुधबार प्रतिबन्धित लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान र सोही कार्यालय मातहतको अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–२ स्थित भानु चौकबाट दुई ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित धनकुटाको शहीदभूमी गाउँपालिका–४ का २६ वर्षीय रम्मिर राई र झापाको भद्रपुर नगरपालिका–२ का ३६ वर्षीय दिनेश सुर्खेती (सार्की)लाई पक्राउ गरेको छ।

यसैगरी, धरान –८ स्थित भोटेपुलमा डेरा गरेर बस्ने २७ वर्षीय चिरञ्जीवी राई, २७ वर्षीय असीम राई र २९ वर्षीय मन्जिल राईको समूह ६ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको छ भने धरान १३ का ४१ वर्षीय रोशन मगर र ३७ वर्षीय प्रकाश राईको समूह प्रतिबन्धित औषध प्रोमेथाजाइन, ब्युप्रेनर्फिन, डाइजेपाम र फेनरगनसहित पक्राउ परेका छ।

अस्थायी प्रहरी चौकी जोरसखुवाको टोलीले धरान–१६ का १६ वर्षीय बालकसहित धरान–११ का २३ वर्षीय मनकुमार मगर र १९ वर्षीय रोजन राईलाई ट्रामाडोल र स्पासपेन नामक प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।

सबै अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट