चितवनमा रास्वपा र प्रहरीबीच झडप भएपछि रवि लामिछानेलाई रातारात पुर्‍याईयो पोखरा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात पोखरा पुर्‍याईएको छ।

काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्‍याइएको थियो।

चितवनमा २ दिन बयान लिएर राति नै उनलाई गाडीबाट पोखरा लागिएको हो। बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा पुर्‍याईएको प्रहरीले जनाएको छ। चितवनमा रविको बयान चलिरहेका बेला रास्वपाका कार्यकर्ताको आन्दोलनका क्रममा झडप भएको थियो।

प्रहरी र रास्वपाका नेता/कार्यकर्ताबीच झडप भएपछि बिहीबार बिहान जहाजमा पोखरा योजना परिवर्तन गरी उनलाई राती नै पोखरा पुर्‍याईएको हो। गत २ कात्तिकमा काठमाडौँ स्थित पार्टी कार्यालयबाटै पक्राउ परेका उनालई पोखरा लगेर पाँचौ पटक म्याद थप गरि हिरासतमा राखिएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा रविविरुद्ध अनुसन्धान भइरहेको छ। उनको र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुशन्धान गर्न गत ९ मंसिरमा अदालतले १५ दिन म्याद थपिदिएको छ।

अब भने अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी प्रहरीको छ। रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं, चितवन र पर्सामा पक्राउ पुर्जी जारी भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविको बयान बुटवल, काठमाडौं र चितवनमा सकिएको छ भने।

अब उनलाई वयानका लागि पर्सासमेत लैजाने तयारी छ। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम पनि गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको संलग्नता देखाउँदै अदालतले पक्राउ अनुमति दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट