फुटबल खेलका क्रममा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु
काठमाडौँ– अफ्रिकी देश गिनीमा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। देशकै दोस्रो ठूलो शहर जेरेकोरमा भईरहेको खेलका क्रममा भएको यो दुर्घट्नामा मृत्यु हुनेको संख्या १ सय भन्दा वढि हुन सक्ने अनुमान छ।
केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णयपछि भएको हो। पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदा पेनाल्टी किक दिएका थिए। रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
समाचारमा जनाइएअनुसार रङ्गशालामा ठूलो भीड थियो। त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो। केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढेका थिए। पर्खाल चढ्न नसकेकाहरू भित्तामा खसेको समाचारमा उल्लेख छ।
गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन्। उनले यस घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।