अभियन्ता गिभिनालाई बज्रपातः विवाह गरेको साता दिनमै २४ घण्टाभित्र आमा र भाई दुवै गुमाईन

पोखरा– सामाजिक अभियान्ताको परिचय वनाएकी टिकटकर गिभिना मगरले २४ घण्टाभित्र आमा र भाई दुई जनालाई गुमाएकी छिन्। आफुले विवाह गरको एक सातापछि नै उनलाई यो वज्रपात परेको हो।

गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो भने लगत्तै शनिबार कान्छा भाइले घरमै आत्महत्या गरेका छन्। पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा धनकुमारीको मृत्युु भएको थियो।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। धनकुमारीको मृत्यु भएको २४ घण्टा नवित्दै उनका छोरा (गिभिनाका भाई) घरभित्रै मृत भेटिएका हुन्। उनलाई आज बिहान झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले आत्महत्याको कारण खुलाएको छैन। तर, आमाको सडक दुर्घटनामा मृत्युपछि सहन नसकेर उनले सुसाइड गरेको जनाईएको छ।

दाङ घर भएको गिभिनाको परिवार लामो समयदेखि पोखराको हेमजास्थित याम्दीमा वस्दै आएको थियो। समाजसेवा गर्न रुचाउने गिभिना केही वर्षयता टिकटकमार्पmत चर्चित बनेकी हुन्। उनका लाखौं फ्यान छन्।

गिभिनाको गत ८ मंसिरमा धरानका किरण लिम्बुसँग विवाह भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट