एनपिएलः उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हरायो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबारको भएको खेलमा टस हारेर पहिला व्याटङ गरेको विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको थियो। विराटनगर किंग्सका लागि ओपनर मार्टिन गप्टिलले सर्वाधिक अर्धशतक बताएका थिए।

जवाफमा जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो। बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरले जनकपुरका लागि उत्कृष्ठ प्रदर्शन गरे। यसैगरी मिलान्थाले अविजित अर्धशतक बताए।

मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा ७५ रन बनाए भने उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए। विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो। तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाए।

कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो। प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए। तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स सम्हालेका थिए। यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्यो।

विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक÷एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट