रौतहटमा नुहाउन गएका २ युवकको खोलामा डुबेर मृत्यु
जनकपुर — रौतहटमा नुहाउन खोलामा गएका दुई युवकको शुक्रबार डुबेर मृत्यु भएको छ।
गरुडा नगरपालिका–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउने क्रममा डुबेर स्थानीय १८ वर्षीय जितेन्द्र साह र १७ वर्षीय राजीव साहको मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल रौतहटका एसपी विनोद हुमागाईंका अनुसार नुहाउने क्रममा दुवैजना बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल सुरक्षाबेस दुधियाभार, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्दा दुवै जना अचेत अवस्थामा फेला परेका थिए।
उनीहरुलाई उपचारका लागि गरुडा अस्पताल पठाईएकोमा दुबैलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया