लरेन्स विश्नोईको नामबाट व्यवसायीलाई धम्क्याउने ब्यक्ति दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलासा

काठमाडौँ– भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिदै आएका गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याउने व्यक्ति मेडिकल ब्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलसा भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहिबार झापाको चारआलीबाट पक्राउ गरेका मेचीनगर नगरपालिका–१३ का हरिचन्द्र फुँयाललले विभिन्न ब्यवसायीलाई धम्की दिने गरेका थिए। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीको दाबी छ। उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुलेको छ।

सीआईबीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ।’ प्रसाईंसँग माफी माफी नमागे ज्यानसमेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए। भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको गुनासोपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा दुर्गा प्रसाईंको पनि नाम जोडिन थालेपछि फुँयाललाई पक्राउ परेका थिए। जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ।

विश्नोई भने अहिले भारतको तिहाड जेलमा छन्। पहिले महाराष्ट्रको सेन्ट्रल जेलमा रहेका उनले जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट