खडक नगरपालिकाकी पूर्वउपमेयरको घरमा प्रहरीको छापाः भन्सार छलेको १९ लाखको कपडा बरामद

राजविराज– सप्तरीको एउटा पालिकाका पूर्वउपप्रमुखकै घरमा प्रहरीले छापा मारेर भारतबाट भन्सार छली गरेर ल्याईएको लाखौं रुपैयाँको सामान बरामद गरेको छ। खडग नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको घरबाट यसरी सामान बरामद भएको हो।

सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीको संयुक्त टोलीले मंगलबार खडग नगरपालिका–७ स्थित सुल्तानको घरमा छापा मारेको थियो। सो क्रममा गोदामबाट १९ लाखभन्दा वढिको रेडिमेट कपडा बरामद भएको थियो।

राजविराज भन्सार कार्यालयका अनुसार सुल्तानको घरमा रहेको गोदामबाट ३८ वटा पोकामा प्याक गरेको कपडा बरामद भएको छ। कपडा खरिद गरेको बिल र भन्सार तिरेको कागजात समेत फेला नपरेपछि सामान नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।

प्रहरी र भन्सारको टोली पुग्दा घरमै रहेकी सुल्तानलाई भने प्रहरीले छोडेर आएको छ। उनलाई पहुँचका आधारमा उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना भईरहेको छ। सुल्तान यसअघिको कार्यकालमा खडग नगरपालिकाको उपमेयर थिईन।

सशस्त्र प्रहरीका एसपी ज्ञानमणि पौडेलले भने घट्नाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउँदै मुद्दाका क्रममा आवश्यक भए सुल्तानलाई पनि कानुनी दायरामा ल्याईएने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट