केपी ओली विरुद्ध सामाजिक सञ्जालमा लेख्ने एमाले प्रदेश सांसदलाई पार्टीको डण्डा, संगठित सदस्यता निलम्बन

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल विरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा एक जना प्रदेश सांसदलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ।

लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले यसरी कारवाही गरेको हो। माओवादी छोडेर एमालेमा लागेका चौधरी बाँके १(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन। उनी लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री पनि हुन्।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले चौधरीलाई अनुशासनको कारवाही गरिएको बताए। उनको संगठित सदस्यता निलम्बन गरिएको छ। चौधरीमाथि अध्यक्ष ओली र महासचिव पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप छ।

यसैगरी, पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएको र त्यस विषयमा स्पष्टीकरण सोधिएकोमा आफ्नो गल्ती स्विकार नगरी उल्टै पार्टीविरुद्ध लिखित जवाफ दिएकाले कारवाही गरिएको जनाईएको छ।

अध्यक्ष गुरुङले विधानको धारा ८१ को उपधारा (७) बमोजिम चौधरीलाई अनुशासनको कारबाही गरिएको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट