व्यवसायी प्रेमीसँग विवाह वन्धनमा बाँधिदै प्रचण्डकी नातिनी

काठमाडौँ– गायिका स्मिता दाहालको यही २१ मंसिरमा विवाह हुने भएको छ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनीसमेत रहेकी स्मिताले व्यवसायी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन।

काठमाडौँ बबरहमलका २७ वर्षीय सायुज्य र २६ वर्षीया स्मिताले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामको रिल्समा एक भिडियो जारी गर्दै उनीहरु प्रेम सम्वन्धमा रहेको जानकारी दिएका छन्।

स्मिताले सायुज्यलाई शुरूमा साथी, त्यसपछि प्रेमी हुँदै अब सधैँका लागि आफ्नो हुन लागेको बताएकी छिन्। आफूहरू विद्यालय समयदेखि नै प्रेम सबन्धमा रहेको उनले बताएकी छिन्।

दुईबीच इन्गेजमेन्ट भइसकेको जनाईएको छ। सायुज्यले एमबीए अध्ययन गरेका छन् भने स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट