गुगल म्यापको भरोसामा पर्दा कार दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौँ– भारतको उत्तरप्रदेशमा गूगल म्यापको भरमा पर्दा कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। म्यापमा बाटो पहिल्याउँदै हिडेको कार बन्दै गरेको पक्की पुलबाट खसेर उनीहरुको मृत्यु भएको हो।
गुरुग्रामबाट बरेली जाँदै गरेको कार फरिदपुरस्थित रामगंगा नदीमाथि रहेको अधुरो पुलबाट खसेको हो। मृतकहरू डाटागञ्ज (बदायु) हुँदै खलपुरको मार्गबाट फरिदपुरतर्फ यात्रा गरिरहेका थिए। तर, गूगल म्याप प्रयोग गर्दैगर्दा उनीहरूलाई पुल अधुरो रहेको जानकारी थिएन।
फलस्वरूप ट्याक्सी पुलबाट खसेर गम्भीर दुर्घटना भयो। दुर्घटनामा मृत्यु भएका तीनैजना उत्तर प्रदेशकै बासिन्दा हुन्। पीडितको परिवारका सदस्यहरूले प्रशासनलाई दोष दिँदै अधुरो पुलमा अवरोधका संकेत नराखिएको गुनासो गरेका छन्।
प्रतिक्रिया