चक्कु प्रहार गरी बुबाको हत्या गरेर २० वर्षका छोरा फरार

काठमाडौँ– रुकुम पश्चिममा आईतबार साँझ छोराले आफ्नै बुबाको हत्या गरेका छन्।

आठबिसकोट नगरपालिका–१०, घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन्।

वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषि पाठकले जानकारी दिए। उनी बुबाको हत्या गरेर फरार छन्।

वीरबहादुरको खोजी भईरहेको प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट