उर्लाबारीमा तिब्र गतिका दुई मोटरसाईकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २ जना गम्भिर

विराटनगर– मोरङको उर्लाबारीमा बिहीबार दिउँसो दुईटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

पूर्व जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल दिउँसो करिव ५ बजे उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो।

अस्पताल पुर्याउनसाथ दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। कानेपोखरी–४ का २६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते छन्।

उनीहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको छ। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट