मोरङको बूढीगंगास्थित चप्पल फ्याक्ट्री नजिकै धानबारीमा भेटियो मानव कंकाल
विराटनगर– मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा मानव कंकाल फेला परेको छ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उबेदा खातुनको धान खेतमा टाउको, हात र खुट्टासहितको मानव कंकाल छरपस्ट अवस्थामा फेला परेको हो। बिहीबार बिहान करिव १० बजे धान काट्न गएका स्थानीयले देखेपछि घट्नाको बारेमा प्रहरीलाई खबर गरेका हुन।
कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन। कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा. ज्वाला कँडेलसहितको टोलीले घट्नाको प्ररम्भिक अनुशन्धान गरेको छ।
मृतकको पहिचान खुलेको छैन। मृतक महिला वा पुरुष के हो भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ। शवलाई जंगली जनावर खाएजस्तो देखिएको छ।
प्रतिक्रिया