आफुलाई ‘अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट’ भन्दै रकम असुल गर्ने एक जना डाक्टर पक्राउ

काठमाडौँ– एक वर्ष अमेरिका वस्दा क्यासिनोमा डुबाएको झण्डै आधा करोड रुपैयाँ ‘अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट’ बनेर असुल गर्न खोज्दा एक जना डाक्टर पक्राउ परेका छन्। ह्वाट्एपमा म्यासेज पठाएर विभिन्न ब्यक्तिसँग रकम असुल गरेको आरोपमा ती डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।

धम्की दिएर डर त्रास देखाई रकम असुलेको आरोपमा भोजपुर नगरपालिका–११ घर भई ललितपुरको ग्वार्को सानोगाउँमा वस्दै आएका डा. आशिष दाहाल (३२) लाई प्रहरीले पक्राउ गरेको हो। दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शंखमूलबाट पक्राउ गरेको हो।

एसपी काजीकुमार आचार्यका अनुसार दाहालले उपत्यकाभित्रका विभिन्न व्यक्तिलाई म्यासेज पठाई रकम नदिए भारतको बिहारबाट कन्ट्रयाक्ट किलर ल्याएर मारिदिन्छु भन्दै धम्की दिने गरेका थिए। प्रहरीका अनुसार छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)बाट एमबिबिएस गरेका दाहाल उज्ज्वल भविष्यको सपना बोकेर सन् २०१७ मा अमेरिका पुगेका थिए।

त्यहाँको चिकित्सक अनुमतिपत्र (युएसएमएलई)को परीक्षामा फेल भएपछि उनले अमेरिकामा प्राक्टिस गर्ने मौका पाएनन्। लाईसन्स परिक्षामा फेल भएपछि विरक्तिका दाहाल त्यसपछि क्यासिनोको लतमा फसे। भएको पैसा सकिर टाट पल्टिएपछि उनी सन २०१८ मा स्वदेश फर्किएको खुलेको छ।

स्वदेश फर्किँदा उनीसँग ४० लाख रुपैयाँ ऋण थियो। उनले बुबाआमाको नाममा भएको इमाडोलको जग्गा बेचेर २५ लाख ऋण तिरे। बाँकी ऋण तिर्न नसकेपछि उनीले अन्डरवर्ल्ड डनको आवरण भिरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

हाल उनी ग्वार्कोको एक निजी क्लिनिकमा काम गर्दै आएका थिए। यो सँगै नयाँ नयाँ सिम कार्ड किनेर आफ्नै सहकर्मी तथा सामान्य चिनजान भएका व्यापारीहरूलाई ह्वाट्सएपमा म्यासेज पठाई धम्क्याएने गरेका थिए। उनले ५० हजारदेखि २ लाख रुपैयाँसम्म मागेको फेला परेको छ।

दाहाललाई थप अनुशन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट