उदयपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा बुबाको मृत्यु, २ छोराको अवस्था गम्भिर

राजविराज– उदयपुरमा बुधबार ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३, असारीमास.१.त.५७४२ नंम्बरको ट्याक्टरले बुधबार साँझ करिव पौने ६ बजे प्रदेश १–०५–००१ प.४२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा–१३, लक्ष्मीपुरका महादेव चौधरी (४५) उनका छोराहरु दिवाकर (१५) र कृष्ण (१०) गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल पुर्याईएको थियो।

अस्पताल पुर्याएपछि महादेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईले बताए। उनका अनुसार २ नाबालक छोराको पनि अवस्था गम्भिर रहेकाले जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाईएको छ।

असारीबाट गाईघाट जाँदै गरेको ट्याक्टरले गाईघाटबाट छोरा लिएर घर जाँदै गरेका महादेव सवार मोटरसाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक राजन बोटे (३२) र सहचालक अनिल सदा (२४) पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट