घरभाडा नतिरेको कसुरमा जेल परेका अमातको उपचारका क्रममा मृत्यु

विराटनगर– घरभाडा नतिरेको अभियोगमा जेल परेको एक कैदीको मोरङ कारागार मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–८ घर भएका महानन्द राय अमात (५५) को आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

जेलर चेतराज बरालका अनुसार मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगी रहेका अमातको दुवै खुट्टामा घाउ निस्किएर पाकेको थियो। त्यसपछि २१ कात्तिकमा उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो।

आईसीयूमा राखेर उपचारर गरिरहेका बेला उनको मृत्यु भएको जनाईएको छ। भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए। सो मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत १३ असोजमा दोषी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो।

भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको अदालतले ठहर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट