काग्रेस नेतृ खनाललाई ‘रवि भक्त’को आमाचकारी गाली, एक्लै हेर्नुपर्छ भीडीओ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका एक जना समर्थकले नेपाली काँग्रेसकी नेतृ रिता खनाललाई फेसबुकमा आमाचकारी गाली गरेका छन्।

यसरी कांग्रेस नेतृ खनाललाई गाली गर्ने नवलपुरको बुलिङटार गाउँपालिका–३ का मीनबहादुर पाटा हुन। उनले फेसबुकमा ९ मिनेट २० सकेन्डसम्म नेतृ खनाललाई गाली गरेका छन्। पाटाले नेतृ खनाललाई अपशब्द प्रयोग गरेर गाली गरेका छन्।

उनको फेसबुकमा रहेको भीडीओ गालीका कारण समुहमा सुनिनसक्नु छ। रिता खनालले सामाजिक सञ्जालमा हालेको भिडियोतर्फ इंगित गरेका उनले भनेका छन् ‘तेरो मात्रै भ्युज आउँदैन, मेरो पनि आउँछ।’

नेतृ खनालले एउटा कार्यक्रममा बोल्दै लामिछाने विरुद्ध अभिब्यक्ति दिएकी थिईन। त्यसको भीडीओ खनालको फेसबुकमा ट्याग गरिएको छ। उनले यही भीडीओलाई लक्षित गरेर फेसबुक लाईभमा खनाललाई गाली गरेको अनुमान छ।

पाटाले रवि लामिछानेलाई ‘दियो’ कांग्रेस–एमाले महापापी भनेका छन्। लामिछानेलाई ‘दियो’ भन्दै उनले पापीहरुले निभाउन लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि गाली गरेका छन्।

ओलीलाई केपी र देउवालाई शेरे भन्दै कुकुरको संज्ञा दिएका छन्। सहकारीको पैसा खाएको र भुटानी शरणार्थीको नाममा नेपालीलाई अमेरिका लैजाने सबै काम उनीहरुले नै गरेको बताएका पाटाले रवि लामिछानेलाई ‘खुरुखुरु न्याय दिन’ अदालतलाई आदेश दिएका छन्।

‘२५, ३० वर्ष पालैपालो प्रधानमन्त्री खायो, जनतालाई के दियो ?’ भन्दै उनले काँग्रेस र एमालेलाई महापापी भन्दै गाली गरेका छन्। प्रहरीको साइबर ब्युरोले भिडिओबारे आवश्यक अनुसन्धान र छानबिनपछि भईरहेको जनाएको छ।

मीनबहादुर पाटाको भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट