रवि लामिछानेको एउटा मोवाईल वेपत्ता, २ वटा मोवाईल फर्म्याट गरेर वुझाए, प्रहरी जिल्ल !

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेर झण्डै एक महिनादेखि कास्की प्रहरीको नियन्त्रणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले प्रहरीलाई नै गुम्राहमा पार्ने षडयन्त्र गरेको खुलासा भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफुले चलाएका दुई वटा मोवाईल फम्र्याट गरेर प्रहरीलाई वुझाएको खुलासा भएको छ। उनले प्रयोग गर्ने अर्को एउटा मोवाईल अझै पनि प्रहरीको हात लागेको छैन। त्यसैले प्रहरीलाई उनको मोवाईलबाट हालसम्म कुनै पनि जानकारी वा सूचना हात लागेको छैन।

लामिछानेले आफ्ना गल्तीहरु लुकाउने प्रयास स्वरुप मोबाइल फर्म्याट गरेको प्रहरी स्रोतको भनाई छ। अनुसन्धानमा खटिएका प्रहरीमार्फत् विधिविज्ञान प्रयोगशालालाई बुझाइएको दुईवटै मोबाइलका सबै डाटा उडाएको छ। त्यो पनि उनले कम प्रयोग गर्ने मोबाइलमात्र उपलब्ध गराएको बताइन्छ।

लामिछानेको यो व्यवहारले उनको चतुरपनालाई राम्रैसँग उजागर गरिदिएको जनआश्था साप्ताहिकले लेखेको छ। ‘कम प्रयोग भएको मोबाइल, त्यो पनि फर्म्याट गरेर बुझाउनुले उनीमाथि लगाइएको आरोपमा दम रहेको स्रोत बताउँछ।’ समाचारमा भनिएको छ–‘कानुनसँग डर नभएको र लुकाउनु पर्ने कुरा नभएको अवस्थामा आफूले प्रयोग गर्ने फोनका डाटा उडाउने खाँचो नै पर्दैन।’

त्यसमा भएका कुराकानी वा प्रमाण नष्ट गर्न आवश्यक भएपछि मात्रै मोबाइल फर्म्याट गरिने भन्दै यो प्रकरणले रवि माथिको आरोपमा थप अनुशन्धानको खाँचो देखिएको स्रोतको भनाई छ। तर, प्रहरीसँग फर्म्याट गरेको मोवाईलबाट त्यसका सामग्रीहरु रिभाइभ गर्ने प्रविधि छैन।

त्यसैले अनुसन्धानमा जटिलता आएको बताइन्छ। उक्त मोवाईलका डाटा रिभाईभ गर्ने हो भने विदेश पठाउनु पर्ने हुन्छ। यसअघि पनि प्रहरीले भारतको बैङ्लोर पठाएर प्रतिवादीको मोबाइल डाटा रिभाइभ गराउने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट