बिजनौरमा कारले अटोरिक्सालाई ठक्कर दिँदा चालकसहित ७ जनाको मृत्यु
काठमाडौँ– भारतको उत्तरप्रदेशस्थित बिजनौर भन्ने स्थानमा आज कारले अटोरिक्सालाई ठक्कर दिँदा चालकसहित ७ जनाको मृत्यु भएको छ।
भारतीको समाचार एजेन्सी पीटीआईका अनुसार अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा क्रेटा कारले लेन बदलेर अटोरिक्सालाई ठक्कर दिएको थियो। ६ जनाको दुर्घटनास्थलमै र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
समाचारमा उल्लेख भएअनुसार मृतकहरु सबै भारतको धामपुर भन्ने स्थानका हुन्। उनीहरु मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा शोक व्यक्त गर्दै घटनास्थलै पुगेर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।
प्रतिक्रिया