नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा तनहुँका २१ वर्षीय युवकको मृत्यु
काठमाडौँ– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु भएको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासीको बुलिङटार गाउँपालिका–२ भाङबारीमा ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तनहुँको देवघाट गाउँपालिका–२ नरमका विकाश थापाको मृत्यु भएको हो।
बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेका थापा मोटरसाईकल दुर्घटना गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्का) प्रहरी डीएसपी जेशी शाहले घटनाबारे अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया