झाँसीको एक अस्पतालमा भीषण आगलागीः १० शिशुको मृत्यु, ३७ शिशु घाईते
काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित झाँसीमा रहेको एक अस्पतालमा शुक्रबार राति भीषण आगलागी हुँदा १० जना नवजात शिशुको जलेर मृत्यु भएको छ। घट्नामा ३७ जना शिशु घाईते भएका छन्।
महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको हो। मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन्। १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। झाँसी जिल्ला मजिस्ट्रेटले पुष्टि गरेका छन्।
उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले ट्विटमा घटनाबारे दुख व्यक्त गरेका छन्। उनले घाइते बालबालिकाको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।