भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कर्जन्हा नगरपालिकाका पूर्वमेयरले उजुरीकर्तालाई कुटे

लहान— विशेष अदालतले भ्रष्टाचारी ठहर भएपछि सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले उजुरी दिने ब्यक्तिमाथि कुटपिट गरेका छन्।

पासवानले बिहिबार बेलुका कर्जन्हा बजारस्थित चिया पसलमा कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ओमप्रकाश महतो (४४)लाई कुटपिट गरेका हुन्। बसिरहेको ठाउँमा आएर आफूमाथि पासवानले बाँसको भाटाले आक्रमण गरेको महतोले बताए। आक्रमणबाट उनको घाँटी र हातमा चोट लागेको छ।

पासवान मेयर हुँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए। सोही कारण आफुमाथि आक्रमण गरेको उनको आरोप छ।

नगरपालिकाको केन्द्रको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा २०७८ माघमा प्रशासकीय भवन निर्माणमा कामै नगरी १ करोड ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा मेयर र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादवलगायतलाई प्रतिवादी बनाएर अख्तियारमा उजुरी परेको थियो।

अख्तियारकाले अनुशन्धान गरेर दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार पासवानसहित पाँच जनालाई दोषी ठहरर गरेको थियो। उनीहरुलाई अदालतले जनही २१ लाख ६० हजार जरिवाना सुनाएको छ भने सजाय निर्धारणका लागि १० मंसिरमा पेसी तोकेको छ।

पासवानले भने ओमप्रकाशसँग सामान्य भनाभन भएपनि कुटपिट नगरेको दाबी गरेका छन्। मुद्दा हारेको विषयमा जिस्क्याउन खोजेपछि भनाभन भएको उनको भनाई छ। प्रहरीले घट्नाबारे सामान्य जानकारी आएको वताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट