कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृत मण्डलसहित ५ जना भ्रष्टाचारी प्रमाणित
लहान— सिरहाको एउटा पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी प्रमाणित गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारले १४ चैत ०८० मा दायर गरेको भ्रष्टाचार मुद्दामा कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमान र प्रमुख प्रशासकीय अधिकृतल जगदीश मण्डलसहित ५ जनालाई बुधबार विशेष अदालतले दोषी ठहर गरेको हो।
पासमान र मण्डलसहित अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव पनि भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित भएका छन्।
विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरुको अपराध पुष्टि गर्दै सजाय निर्धारणका लागि १० मंसिरको पेसी तोकेको छ।
नगरपालिकाले अदालतमा विचाराधीन रहेको प्रशासनिक भवन निर्माणको मुद्दा किनारा नलाग्दै वडा नम्बर ५ मा भवन निर्माणका लागि ०७८ मा ठेक्का लगाउँदै ठेकेदारलाई १ करोड ८ लाख रुपैयाँ पेस्कीसमेत दिएको थियो।
ठेक्का अनुसार काम भएपछि मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलसहितलाई विपक्षि बनाएर अख्तियारमा उजुरी परेको थियो। विशेष अदालतलाई उनीहरूलाई १ करोड ८ लाख रुपैयाा जरिवाना पनि तोकेको छ । जसअनुसार, प्रतिव्यक्ति २१ लाख ६० हजार जरिवाना बुझाउनुपर्नेछ ।