रविले ठगी गरेको आशंकासमेत थिएन, वाशिङ मेशिसनमा ३ पटक धोएको जस्तो कुरा गर्थेः ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को अन्तिम सत्रमा वोल्दै प्रधानमन्त्री ओलीले न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित नभएको वताए। संसदीय छानबिनन समितिले कार्बाही गर्न नाम नै तोकेर सिफारिस गरेपछि लामिछानेमाथि अनुसन्धानको प्रक्रिया अघि बढेको उनको भनाई छ।
ओलीले लामिछानेले सुरूमा सहकारीमा ठगी गरेको आशंका समेत नलागेको उल्लेख गरे। ‘उनले सहकारीमा यत्रो गरेका छन् भन्ने विश्वास त के, आशंका पनि थिएन’ ओलीले भने–‘वाशिङ मेशिसनमा तीनपटक धोएको जस्तो कुरा गर्थे। तर सहकारी छानबिन समितिले त चारजना जनालाई तोकेर नै छानबिन गर भन्यो।’
संसदीय समितिले कारवाही गर्न नाम तोकेर सिफारिस गरेपछि सरकारकारले त्यसलाई व्यूरोक्रेसीमा पठाएको ओलीले वताए। ‘छानबिन अध्ययन सुरू भएपछि गिरफ्तार र कारवाही गर्नुपर्ने अवस्था सम्मानित अदालतले दियो,’–ओलीले भने।
ओलीले नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन गाली गरेको नसुहाएको पनि जिकिर गरे। ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु। गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ भनेको छु। हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ। नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन। न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन।’–‘प्रधानमन्त्री ओलीले भने।