बिर्तामोडको होटलमा भारतीय नागरिक मृत भेटिए
दमक– झापाको बिर्तामोड स्थित एक होटलमा भारतीय नागरिक मृत फेला परेका छन्।
बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको आसाम भवन एण्ड लजमा भारतको सोनिकपुरका रामबहादुर भुजेल (५६) मृत अवस्थामा फेला परेका हुन। आँखाको उपचार गराउन आएका उनको शव ओछ्यानमै फेला परेको प्रहरीले जनाएको छ।
भुजेलले बलराम खनालले सञ्चालन गरेको उक्त होटलमा २७ कात्तिकदेखि कोठा भाडा लिएका थिए। आज बिहान करिव साढे ७ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रतिक्रिया