यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा
काठमाडौँ– नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनौट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई पराजित गरेपछि नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० विश्वकपमा छनौट भएको हो।
नेपालले आज यूएईलाई ८ विकेटले हराएको छ। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर खेलेर २ विकेटको क्षतिमै पूरा ग¥यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित सर्वाधिक ३५ रन भने कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान गरीन। साबित्री धामीले १२ रन बनाइन्।
टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन, रिनिथा रञ्जितले २० रन, ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सीमा केसीले २–२ तथा रचना कुमारी चौधरीले १ विकेट लिए।