बोक्सी लागेको भन्दै ५५ वर्षीया महिलालाई दुःख दिने झाँक्रीसहित ३ जना पक्राउ

काठमाडौँ– कैलालीमा बोक्सी लागेको भन्दै ५५ वर्षीया महिलामाथि अमानवीय व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सुनिल मिश्री (२५), लाली चौधरी (३७) र ३० वर्षीय एक महिला छन्।

कैलाली प्रहरीका डीएसपी कविन्द्रसिंह बोहराका अनुसार उनीहरुले टीकापुर नगरपालिका–९ कालाकुण्डाकी १४ वर्षीया बालिकालाई बोक्सी लगाएको भन्दै महिलामाथि अमानवीय व्यवहार गरेका हुन। बोक्सीको आरोप लागेकी महिला बालिकाकी ठुली आमा हुन।

बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिश्रीको घरमा लगिएको थियो। त्यहीक्रममा बालिकामाथि टुनामुना गरेको भन्दै सुनिलले महिलामा अमानवीय व्यवहार गरेका थिए। महिलाले झाक्रीसहितका तीनै जनाले नाममा उजुरी दिएकी छिन्।

प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट