विराटनगरमा आफनै घरको छतबाट लडेर वरिष्ठ अधिवक्ताको मृत्यु

विराटनगर– मोरङको विराटनगरमा एक जना कानुन व्यवसायीको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–७ का वरिष्ठ अधिवक्ता जगन फुयाँल (६८) घरको छतबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार फुँयाल आइतबार दिउँसो छतमा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए। उनको विराटनगरकै न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा गएराती करिव साढे १२ बजेको उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला अदालतनजिकै घर भएको फुयाँल दुई तलामाथिबाट खसेका थिए। पुरानो घरको छतमा लेउ लागेकाले उनि चिप्लिएको पाईएको छ।

विराटनगरमा ‘फुयाँलको कानुनी सेवा’ नामक ल फर्म चलाउँदै आएका पत्नी, १ छोरा र १ छोरी छन्। छोरा–छोरी अमेरिकामा रहेका जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट