बाख्रा चोरेको आरोपमा युवकको हत्या, एक युवतीसहित ५ जना पक्राउ
काठमाडौँ– बाख्रा चोरी गरेको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–११, कान्तिपुरका सुरेश भुल (३०) को कुटपिट गरेर हत्या गरिएको छ।
बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको थियो। घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहराका अनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११, कान्तिपुरकै रमा रावल (३४), जंग भुल (६५), विशाल विक (२३), धर्म विक (३०) र १८ वर्षीय युवकले कुटपिट गरेका थिए।
हत्यामा संलग्न भएको आरोप लागेका पाँचै जनालाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको छ। उनीहरुको विषयमा थप अनुशन्धान सुरु गरिएको डीएसपी वोहराले वताए।
प्रतिक्रिया