बैंग्लोरमा १५ करोडका गहना र नगद चोरी गरी नेपाली दम्पत्ति फरार

राजविराज– भारतको बैंग्लोरस्थित विजयनगरका एक व्यापारीको घरमा काम गर्न बसेका नेपाली दम्पत्तिले करिव १५ करोड बरावरको धनसम्पत्ति चोरी गरी फरार भएको आरोप लागेको छ।

अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड १ लाख रुपैयाँ बराबरको नगद र गहना चोरी गरी नेपाली दम्पत्ति फरार भएको भन्दै ३ दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन्। जैनले वताए अनुसार घरको लकरबाट नगद र गहना चोरी भएको हो।

उनका अनुसार, नवराज नाम गरेका ब्यक्ति विगत ६ महिनादेखि सहयोगीको रुपमा स्टोरमा काम गर्न बसेका थिए। उनकी श्रीमती घरको काममा सहयोग गर्थिन। उनीहरुलाई बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिईएको थियो।

भारतीय अनलाईन मिडिया डेकन हेराल्डले उल्लेख गरे अनुसार १ नाभेम्बरमा जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो। त्यही बेला नवराज दम्पत्तिले थप दुई जना व्यक्ति बोलाएर चोरी गरेको उनले आरोप लगाएका छन्। प्रहरीले उनीहरु नेपाल भागिसकेको आशंका गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट