मोरङमा मन्दिरको पर्खालले किचेर २ वर्षीया बालिकाको मृत्यु
विराटनगर– मोरङको रंगेली नगरपालिका– ८, निचामारीमा मन्दिरको पर्खालले किचेर २ वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय कसरलाल ताजपुरियाको घरमा रहेको मन्दिरको पर्खाल झरेर किच्दा शोभा ताजपुरिया (२) को मृत्यु भएको हो।
बुधबार साँझ साढे ५ बजे इटाको पर्खालले किचेर बालिका घाइते भएकी थिईन। जिल्ला अस्पताल मोरङमा उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया