आफनै छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ
काठमाडौँ– बाँकेको कोहलपुरस्थित एक निजी विद्यालयका सञ्चालक आफनै बालिका छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
कोहलपुर–२ का विद्यालय सञ्चालक(४२) लाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफनै १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप छ।
थारुले गत १४ कात्तिकमा नेपालगञ्जको एक होटलमा लगेर आफुलाई बलात्कार गरेको भन्दै छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर उजुरी दिएकी छिन्।
सोही उजुरीका आधारमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको इन्स्पेक्टर नवीन चापागाईंले जानकारी दिए। घट्नाको विषयमा थप अनुशन्धान भईरहेको उनको भनाई छ।
प्रतिक्रिया