जापानमाथि १४४ रनको फराकिलो जीतसँगै नेपाल यू १९ प्रिमियर कपको फाईनलमा

काठमाडौं– जापानलाई १४४ रनले पराजित गर्दै नेपाल एसीसी यू १९ प्रिमियर कपको फाईनलमा प्रववेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको शनिवार सम्पन्न सेमिफाइनलमा नेपालले जापानमाथि फराकिलो जित हात पारेको हो।

वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो । फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । त्यसपछि नेपालले ब्याटिङमा फर्कन पाएन । जापानलाई जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य दिइयो । तर, नेपालको धारिलो ब्याटिङसामू जापानका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

स्पिनर दिपेश कँडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभर बलिङ गर्दा १३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले पनि तीन ओभरमा ८ रन खर्चेर तीन विकेट लिएका थिए ।

नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट