अष्ट्रेलियामा भएको आगलागीमा परी तिहारमा रमाईलो गरेर वसेका नेपाली युवकको मृत्यु

काठमाडौँ– अस्ट्रेलियाको मेलबर्नस्थित सेन्ट अल्बन्समा आईतबार भएको आगलागीमा परी एक नेपाली युवकको मृत्यु भएको छ। काठमाडौँको कीर्तिपुर नगरपालिका–४ भत्केपाटी गाम्चाका विशाल केसी (३४) को आगलागीमा मृत्यु भएको हो।

शनिवार साँझ साथीहरूसँग तिहारको रमाइलो गरेका केसी वसिरहेको घरमा आईतबार विहानै आगलागी भएको थियो। आगलागीको खबर प्राप्त भएपछि उद्धारका लागि तत्कालै पुगे पनि उनलाई बचाउन नसकिएको अग्निनियन्त्रकले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

केसी १० वर्षअघि अस्ट्रेलिया गएका थिए। आफन्तले दिएको जानकारी अनुसार उनको विवाह भएको छैन। केसीले अस्ट्रेलिया जानुअघि केही समय काठमाडौँको हिमालय टेलिभिजनमा काम गरेका थिए।

अहिले उनको शव पोस्टमार्टम र अरू कानुनी प्रक्रिया पुरा गरी नेपाल ल्याउने तयारी भईरहेको परिवारका सदस्यले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट