रक्सीले मातेका वृद्धले श्रीमतीका दुवै खुट्टा काटेः श्रीमती अस्पताल, श्रीमान हिरासतमा

दमक– झापाको दमकमा मादक पदार्थ सेवन गरेका एक वृद्धले आफ्नै श्रीमतीका दुई वटै खुट्टा काटिदिएका छन्।

दमक नगरपालिका–९, शान्ति चोकका राजेन्द्र साह (७१) ले गएराती करिव ८ बजे मादक पदार्थ सेवन गरी श्रीमती दिलमाया ठकुरी (५९) को खुट्टा काटिदिएका हुन। उनले खुकुरीले दुवै खुट्टामा प्रहार गरेका थिए।

गम्भिर घाइते दिलमायालाई उपचारका लागि दमककै निम्स अस्पताल भर्ना गरिएको छ। राजेन्द्रलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट