यस वर्ष हिले तिहार, यस्तो रहने छ भाईटीकाको दिन मौषमको अवस्था

काठमाडौँ– यस वर्ष नेपालीहरुले ‘हिले तिहार’ मनाउनु पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भाईटीकाको दिन देशैभरी हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद् सञ्जिव अधिकारीले भाइटीकाको दिन मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए। ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ’ उनले भने–‘काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ तर पानी परे पनि क्षणिक रूपमा पर्ने हो।’

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाको मौसमी बुलेटिन अनुसार शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट