शाहरुख खानले आफु अप्ठ्यारोमा हुँदा हौसला दिएको पूजा शर्माको दावी, फेसबुकमा खिसिट्युरी
काठमाडौंँ– नेपाली फिल्म अभिनेत्री पूजा शर्माले शुक्रबार मध्यराती भारतीय अभिनेता शाहरुख खानलाई जन्मदिनको शुभकामना दिँदै अप्ठ्यारो अवस्थामा साथ दिएकोमा धन्यवाद दिएपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आश्चर्यमा छन।
शाहरुख खानले पूर्जा शर्मालाई कहिले, कसरी र कुन अप्ठ्यारो अवस्थामा साथ दिए भनेर चासो ब्यक्त गर्नेहरुको संख्या सामाजिक सञ्जालमा वढिरहेको छ। तर, पूजाले यस्को वारेमा केही पनि खुलाएकी छैनन्।
उनले शाहरुख खानको फोटो शेयर गर्दै अंग्रेजी भाषामा आफु कमजोर भएको बेला हौसला दिएको उल्लेख गरेकी छिन्। ‘अत्यन्त सम्मानित र प्रतिभाशाली अभिनेतालाई जन्मदिनको शुभकामना। थ्यांक यु एसआरके, म एकदमै कमजोर भएको बेला हौसला दिएकोमा। तिमी एउटा गज्जबको व्यक्ति हौ। अल्लाहले मेरो आइडल तिमीलाई स्वस्थ र खुशी राखुन्। लभ यु किङ।’– उनले लेखेको स्ट्याटसको नेपाली अनुवाद हो यो।
पूजाको दाबीलाई धेरैले पत्याएका छैनन्। कमेन्टमासमेत उनलाई कतिपयले गिज्याएका छन। सुवास संकल्प श्रेष्ठले लेखेका छन्, ‘नेपाली सेलेब्रेटीलाई मध्यरातमा यसरी बलिउडका सेलेब्रेटीको जन्मदिनको शुभकामना दिनै पर्ने अवस्था छ, बद्लामा पाउने फुस्सा । अनि नेपाली फिल्मलाई र फिल्मकर्मीलाई माया गरौं के भन्नु भन्ने कुरा नि आउँछ। पर्खी पर्खी यसरी अरु कुनै नेपाली सेलेब्रेटीको पूजाले वीस गरेको खासै देख्या छैन मैले। अनि यिनीहरुको विरोध गर्नु, फिल्म नचल्नु र हलबाट फिल्म उतारेर हिन्दी फिल्म लगाउँदा के को टाउको दुखाई।’
त्यसको जवाफमा पूजाले लेखेकी छिन्– ‘माइ लाइफ माइ च्वाइस, नन अफ योर विजनेस सर’। उसो त पूजाले शाहरुख खानको वर्थडे विस गर्नु कुनै अनौठो भने होईन। पूजा आफूलाई शाहरुखको डाइहार्ड फ्यान भनेर चिनाउने गर्छिन्। उनले एकपटक शाहरुखको जन्मदिनमा केक काटेरसमेत खाएकी थिइन्।