लक्ष्मीपूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

जनकपुर– सर्लाहीको धनकौल गाउँपालिका–२ मा लक्ष्मीपूजाको लागि बिजुली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर जितेन्द्र सिंह (३५) को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करेन्ट लागेर सिकिस्त भएका सिंहलाई उपचारका लागि उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो

अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट