चितवनको जंगलमा दुईटा ट्रक र ट्यांकर आपसमा ठोक्किँदा १ जना चालकको मृत्यु, २ जना घाईते

भरतपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा गएराति दुईटा ट्रक र एउटा ट्याङकर आपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

टाँडीबाट नारायणगढ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडी जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर राति करिव साढे ११ बजे आपसमा ठोकिएका हुन्। दुई सवारी ठोक्किएपछि ट्याङकरको पछाडि रहेको ना६ख ४६२४ नम्बरको ट्रक पनि सोही ट्याङकरमा ठोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ का अनिश स्याङतान (२६) को मृत्यु भएको छ।

सोही ट्रकका सहचालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ आशिष स्याङतान (२३) र ना८ख ८६७४ नम्बरको ट्याङकरका चालक मकवानपुर हेटौँडा–१९ नेवारपानीका सुदीप तामाङ (३६) गम्भीर घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

ना६ख ४६२४ नम्बरको ट्रकका चालक धादिङ गजुरी गाउँपालिका–२ का दीपक रोक्का (३७) लाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट