दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्लापछि त्रिभुवन विमानस्थलमा त्रास

काठमाडौंँ– भारतको दिल्लीबाट आएको जहाजमा वमको हल्ला चलेपछि त्रिभुवन विमानस्थलमा त्रास फैलिएको छ।

साढे ४ बजे विमानस्थलमा अवतरण भएको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजकको जहाजमा बमको हल्ला चलेपछि त्रास भएको हो।

विमानलाई प्रहरीले छुट्टै राखेर सर्च गरिरहेको छ। विमानस्थल स्रोतका अनुसार यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं ल्याण्ड भएको थियो। बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ।

नेपाली सेनाको टोलीले पनि जहाजको खानतलासी गरिरहेको छ। जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ। बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको काठमाडौंका सीडीओ जयनारायण आचार्यले जानकारी दिए।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट