उदयपुरमा पेट्रोल खन्याई आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

गाईघाट– उदयपुरमा आफ्नै पतिले पेट्रोल खन्याएर शरीरमा आगो लगाएकी घाईते महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ।

बेलका नगरपालिका–८ का दानबहादुर राई (४८) ले २२ असोजमा पत्नि पूर्णकुमारी राई (४०) लाई पेट्रोल खन्याएर आगो लगाएका थिए। घरयासी विवाद हुँदा दानबहादुरले पूर्णकुमारीमाथि पेट्रोल खन्याएर आगो लगाएको जनाएको छ।

आगोले शरीरका विभिन्न भाग जलेर गम्भीर घाईते भएकमी पूर्णकुमारीलाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृतकको शव पोस्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइसकिएको इन्स्पेक्टर सुमन बानियाले बताए। दानबहादुरलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अनुशन्धानका लागि अदालतबाट म्याद थप गरीएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट