पिङ खेल्न गएकी ८ वर्षीया बालिका बलात्कृत भएको घट्नाले भालुबाङ अशान्त

काठमाडौँ– पिङ खेल्न गएकी ८ वर्षीया बालिका बलात्कृत भएको घट्नाले दाङको भालुबाङ बजार अशान्त भएको छ। बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले बजार र यातायात वन्द गराएका छन्।

मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरिएको छ। २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक रहेको पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको घट्ना सार्वजनिक भएको थियो।

घट्नाको इलाका प्रहरी कार्यालय भालुबाङले अनुसन्धान गरिरहेको छ। पीडित बालिकालाई प्रहरीले नै संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले राखेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले दुवै बालिकासँग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने काम जारी राखिएको बताए। तर, संलग्न व्यक्तिको पहिचान अझै भएको छैन।

प्रहरीको यही असफलताका कारण स्थानीयवासी आक्रोशित भएका हुन। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने पीडित पक्षले चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट