हेटौंडा जाँदै गरेको कार सुनसरीमा पल्टियो, घरमा बजारिँदा एकै परिवारका ४ जना घाईते

इटहरी– विराटनगरबाट मदन भण्डारी राजमार्ग हुँदै हेटौंडा जाँदै गरेको क्रेटा कार सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा पल्टिएर सर्वसाधारणको घरमा बजारिँदा एकै परिवारका ४ जना घाइते भएका छन्।

बिहान करिब साढे १० बजे बागमती प्रदेश ०१–०२७९ च ६०६९ नम्बरको निजी कार अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर महानगरपालिका–११ जनपथ टोलका सुदीप कार्की, उनकी भतिजी आरुषी कार्की, युवराज कार्की र उनकी पत्नी प्रबिता कार्की घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राम तिमल्सिनाका अनुसार सुदीप र युवराजको टाउकोमा गम्भीर चोट भने प्रबिताको बायाँ हातमा चोट लागेको छ। आरुषीलाई सामान्य चोट लागेको उनले जानकारी दिए।

घाइतेहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कार चालक विराटनगर–५ का मनोज कार्की (४१)लाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट