घरायसी काम भन्दै ग्रामिण क्षेत्रका बालिका भेला गरी घरमै यौन धन्दा चलाउने महिला पक्राउ

काठमाडौँ– घरायसी काम गर्न भन्दै बालिका भेला गरेर घरमै यौन ब्यवसाय चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नुवाकोटको तादी गाउँपालिका–३ घर भइ काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४, मुलपानी बस्ने सीता गोतामे (४३)लाई प्रहरीले पक्राउ गरेको हो। उनले बालिकालाई बन्धक बनाएर घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीको छ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले गोतामेलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न अनुमती दिएको छ।

ब्यूरोका एसपी गौतम मिश्रका अनुसार गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर बालिकालाई घरमा राखेकी थिईन। उनलाई मासिक २० हजार रुपैयाँ दिने सर्तमा राखिएकी बालिकालाई घरबाट बाहिर निस्कनसमेत नदिई वेश्यावृत्तिमा लगाएको एसपी मिश्रको दाबी छ।

उनले वेश्यावृत्तिमा लगाएर प्रतिब्यक्ति १ देखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट