बम विष्फोटमा परेका घाईतेलाई नै प्रहरीले समात्यो

काठमाडौँ– स्याङ्जाको चापाकोट नगरपालिका–४, पुरी गाउँका गोविन्द पुरी (४५) शनिबार साँझ घरको सामान मिलाउँदै थिए। घरको तेस्रो तलामा भएका भाँडा दोस्रो तलामा सार्ने क्रममा एक्कासी बम विष्फोट भयो।

बमको विष्फोटका कारण घरमा सामान्य क्षती भयो। छर्राले पुरी घाईते भए। उनको आँखा, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लाग्यो। घाइते पुरीलाई उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरियो। उपचार पश्चात् उनी घर फर्किए।

शनिबार साँझ देखि नै पुरीको घर घेरेर बसेको प्रहरीले उपचार गराएर फर्केका पुरीलाई नै पक्राउ गरेको छ। प्रहरीले आइतबार नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएर घट्नास्थलको अनुसन्धान गरेको थियो। त्यस क्रममा बम बनाउन प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला परेपछि पुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलका अनुसार पुरीको घरबाट बिस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद भएको छ।

पुरी पूर्वनेपाल आर्मी हुन। उनले घरमै बम वनाउने गरेको आशंका प्रहरीलाई छ। सुनवलमा बस्दै आएका उनी दशैं मनाउन घर पुगेका हुन। उक्त घरमा उनका बुवाआमा मात्रै बस्दै आएका थिए। उनले विष्फोटक पदार्थ कहाँबाट ल्याए र कुन प्रयोजनका लागि बम बनाए भन्ने खुलेको छैन।

पुरी, २ वर्षअघि मात्रै सेवा निवृत्त भएका हुन। प्रहरीले उनी विरुद्ध विस्फोटक पदार्थसम्बन्धी ऐनबमोजिम मुद्दा दर्ता गर्ने तयारीमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट