प्रहरी र पूर्ववडाध्यक्षको संलग्नतामा २ जनाको अपहरण, ५ जना पक्राउ

काठमाडौँ– दाङका दुई ब्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले वहालवाला एक प्रहरी जवान र पूर्व वडाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ।

दाङको बबई गाउँपालिका–६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई अपहरण गरी प्युठान पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखामा कार्यरहत प्रहरी जवान सन्तोष दसौंदी र प्युठान नगरपालिका–८ का पूर्ववडाध्यक्ष लिलासिंह केसी पक्राउ परेका हुन।

पक्राउ पर्ने दिलबहादुर दसौंदी, प्रितम गिरी र शरद गिरी पनि छन्। पूर्व वडाध्यक्ष केसी अहिले नमस्ने यातायात प्रालिका अध्यक्ष र दिलबहादुर दसौंदी उक्त बस प्रालिको सचिव हुन्। बाँके प्रहरीका एसपी तुलबहादुर कार्कीका अनुसार दसौँदी घर बिदामा प्यूठान गएका थिए।

प्रहरी जवानसहितको टोलीले बुढाथोकी र पोखरेललाई लमहीको अमेलिया बजारबाट अपहरण गरी लमही नगरपालिका – ९ स्थित ‘क्राउन होटलमा बन्धक बनाएर राखेको थियो। त्यहाँबाट पूर्वपश्चिम राजमार्गको प्रयोग नगरी देउखुरीको जहरेपुल हुँदै गढवा गाउँपालिकाबाट कालाकाँटे र त्यहाँबाट फिर्ता भइ राप्ती गाउँपालिका– १ को भालुवाङ हुँदै उत्तर प्युठान पु¥याएको पाईएको छ।

प्युठानबाट आएका व्यक्तिहरूले दाङका दुई युवाहरूलाई बन्धक बनाएर प्युठान पु¥याएको सूचना दिएपछि इलाका प्रहरी कार्यालय अमिलियबाट खटिएको प्रहरी टोली अपहरणमा परेका भनिएका ब्यक्तिको खोजीमा जुटेको थियो।

प्युठान प्रहरीको सहयोगमा माण्डबी गाउँपालिकाको देवीस्थलबाट उनीहरूलाई पक्राउ गरी दाङ लगिएको हो। अपहरण हुने र अपहरणमा संलग्नहरुबीच लेनदेनको ििववाद रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पूर्व वडाध्यक्षसहितका पाँच जना अपहरण भएका भनिएका दुई जना नै प्रहरीको नियन्त्रणमा छन्। उनीहरूलाई आइतबारै सार्वजनिक गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट